Breaking News

भरतपुरमा गठबन्धनको आमसभा हुँदै, प्रधानमन्त्रीदेखि गगन थापाले सम्बोधन गर्ने

Banner

चितवन, वैशाख २०–

चितवनमा पर्सी (वैशाख २२) गते सत्तागठबन्धनको आमसभा हुने भएको छ । त्यसका लागि गठबन्धनमा आवद्ध दलहरुले भरतपुरमा आमसभाको तयारी थालेका छन् ।

आमसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, नेता डा.शेखर कोइराला, जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरु र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले नारायणी अनलाईनलाई जानकारी दिए । आमसभाका लागि प्रधानमन्त्री देउवा भोलि साँझ नै चितवन आइपुग्ने खनालले बताए ।

भरतपुरमा सत्तागठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेद्वार छन् । गठबन्धनले चितवनका सबै पालिकाहरुमा मेयरदेखि वडा सदस्यसम्म तालमेल गरेको छ । गठबन्धनका सबै उम्मेद्वारलाई जिताउनले भरतपुरमा भव्य आमसभा आयोजना गर्ने निधो गरेको हो ।

आमसभाका लागि तयारी व्यापाक पारिएको कांग्रेस जिल्ला सभापति खनालले बताए । आमसभा केन्द्रीय बस टर्मिनल हाकिमचोकमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>