Breaking News

फेरि रेनु दाहालको नेतृत्व चाहन्छन् मुसहर बस्तीका बासिन्दा

Banner

चितवन, वैशाख २०–

वर्षौ देखि फुसको छानोमा बस्दै आएका मेघौलीको मुसहर बस्तीमा यतिबेला अर्को खुशी छाएको छ ।

केही समय अगाडि पक्की छाना भएको घर पाएर खुशी भएका यो बस्तीका बासिन्दा यतिबेला भरतपुर महानगरपालिकाको प्रमुख पदको लागि पुनः रेनु दाहालकै उम्मेद्वारी भएपछि उक्त बस्तीमा खुशी छाएको हो । गत मंसिरमा दाहालकै पहलमा भरतपुर महानगरपालिका २७ र २८ मेघौलीका अति विपन्न १५ मुसहर परिवारलाई भान्सा कोठासहित तीन कोठा र शौचालय भएको घर हस्तान्तरण गरिएकोे थियो । उक्त बस्ती निर्माणमा महानगरले २३ लाख ५७ हजार रुपिंयाँ खर्च गरेको थियो ।

वर्षाको पानी समेत बाहिर नजाने अवस्थाको छाना भएको घरबाट पक्की घरमा बस्दै आएकी तुलिया मुसहर भन्छिन् “हामीलाई घर बनाइदिने मेयर फेरी मेयर हुने रे, हामी त उहाँलाई नै भोट दिने हो ।” उनका श्रीमान भुखला मुसहरकै भनाईलाई आधार मान्ने हो भने उक्त बस्तीका १५ घर परिवार सबैले यस पटकको निर्वाचनमा दाहाललाई नै भोट हाल्ने योजना बनाएका छन् ।

राप्ती र नारायणी नदी किनारको उक्त बस्तीका अधिकाँश बासिन्दा माछा मारेर आफ्नो जीवन निर्वाह गर्दै आएका अति विपन्न परिवारमा पर्दछन् । भरतपुर महानगरपालिकाको पहलमा गत दुई आर्थिक वर्षमा गरि उक्त बस्तीका मुसहरलाई लक्षित गरि टिनको छाना भएको पक्की घर निर्माण गरिदिएको थियो ।

‘पहिले खरले छाएको चुहिने घर थियो । आफ्नै जीवनकालमा पक्की घरमा बस्न पाइन्छ भनेर सोचेका पनि थिएनौँ, मेयर सापका कारण ढुक्क भएका छौं ।’ तुलियाले भनिन्, ‘यसअघि पुरानो कपडा र प्लाष्टिकले पानी छेक्दै बस्नु पर्ने अवस्थाका चुहिने घर हेरेर धेरै नेताहरुले घर बनाई दिने आश्वासन दिएका थिए तर वर्षौ वित्दा पनि मुसहर बस्तीका बासिन्दाको अवस्था उस्तै थियो ।’

भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेद्वार रेनु दाहालका अनुसार महानगरले खरको छानोमुक्त अभियान सञ्चालन गरेको र अझै पनि केही ठाउँका सुकुम्वासी बस्तीमा काम गर्न बाँकी रहेको छ । उनले आगामी कार्यकालमा खरको छानामुक्त अभियानसंगै रोजगारी, स्वरोजगारीका अभियान जोडेर विकासको दृष्टिले पछाडि परेका समुदायको उथ्थानमा लाग्ने बताइन् ।

त्यसैगरि उपप्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारीले भरतपुर महानगरभित्र बसोबास गर्ने अतिविपन्न परिवार लक्षित गरि कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिकाको नदी किनार र सुकुम्वासी बस्तीमा दलीत, मुसहर, बोटे, दराई, कुमाललगायतका आदिवासी जनजातीको बसोबास रहेको छ ।

यसपटक पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा माओवादी केन्द्रकी रेनु दाहाल र कांग्रेसका चित्रसेन अधिकारीले उम्मेद्वारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>