मकवानपुर

मकवानपुरमा लोडर दुर्घटनाः दुईजनाको मृत्यु

Banner

हटेडौं, वैशाख १९-

निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्टट्रयाक) मा लोडर पल्टिँदा दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ । बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो । लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ । लोडरमा ५ जना चिनियाँ नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>