चितवन विशेष

भरतपुरका चोकचोकमा गठबन्धनका बागी उम्मेदवार पौडेलको कोणसभा

Banner

चितवन,बैशाख १९-

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आज (सोमबार) चोकचोकमा कोणसभा गरेका छन् । भुईकटहर चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका पोडेलले आज भरतपुरको स्वामी चोक, गितानगर लगायतका क्षेत्रमा कोणसभा आयोजना गरेका हुन् । काणसभामा काँग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा,पूर्वसांसद भिमबहादुर श्रेष्ठ,काँग्रेस महासमिति सदस्य मिना खरेल लगायतले सम्बोधन गरेका थिए । उनिहरुलाई गठबन्धनको विरोधमा बागी उम्मेदवारी दिएको भन्दै पार्टीले कारवाही गरेको छ ।

सो अवसरमा बोल्ने बक्ताहरुले भरतपुर काँग्रेसलाई अन्याय गरिएका कारण स्वतन्त्र उम्मेदवारी दिनुपरेको वताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>