चितवन विशेष

चितवनमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते

Banner

चितवन,बैशाख १८-

चितवनमा गैँडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । भरतपुर महानगरपालिका २८ गोलाघाटका ३७ बर्षिय मनबहादुर कुमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, आज (आइतवार) बिहान नौ बजे मिस्त्री काम गर्न जाने क्रममा घर नजिकै मकैबारीमा गैडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट कुमालको पेटको भित्रि भाग र खुट्टामा चोट लागेको छ । उनलाई उपचारको लागि भरतपुर अस्पताल ल्याईएको छ । उनको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>