चितवन विशेष

मेयरमा निर्वाचित भए गर्भवती महिलालाई मासिक एकहजार भत्ताः विजय सुवेदी

Banner

चितवन,बैशाख १७-

भरतपुर महानगरपालिकाको मेयर पदका उमेदवार विजय सुवेदीले आफू निर्वाचित भएपछि गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् । नेकपा (एमाले) भरतपुर–१२ ले आज गरेको चुनावी कोणसभामा बोल्दै मेयर उमेदवार सुवेदीले यस्तो घोषणा गरेका हुन् ।

आमाहरुको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई मध्यनजर गर्दै गर्भवती महिला दिदिबहिनीहरुको पोषणमा भत्ताले सहयोग मिल्ने सुवेदीले बताए । ‘आज आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औँसी पनि हो, सबै आमाहरु प्रति सम्मान छ। यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा गर्भवती महिलालाई मासिक एकहजारका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्दछु’, सुवेदीले भने । निस्वार्थ, निश्पक्ष ढंगले काम गरि महानगरमा शुसासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेको उनले बताए । भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सुवेदीले प्रतिवद्दता ब्यक्त गरे ।

कार्यक्रममा भरतपुर–१२ का वडा अध्यक्ष उमेदवार लेखराज पन्त ‘हरी’ले वडावासीको सेवा गर्न आफू उमेदवारका रुपमा खडा भएको बताए । वडा कमिटी ईन्चार्ज शेषमणि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता डा तीलचन्द्र भट्टराई, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>