चितवन विशेष
राष्ट्रिय जनमोर्चाद्धारा भरतपुरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी फिर्ता

चितवन, बैशाख १७-
राष्ट्रिय जनमोर्चाको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारको नाम फिर्ता लिएको छ । केन्द्रीय तहमा भएको गठबन्धनलाई सघाउन उम्मेदवारी फिर्ता लिएको राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्मर पुरीले जानकारी दिनुभयो ।
भरतपुरमा जनमोर्चाको तर्फबाट भक्तिराम गौतमले प्रमुख र देवी शर्माले उपप्रमुखमा उम्मेदवारी दिनुभएको थियो । तर, वडा तहको उम्मेदवारी यथावत रहेको पुरीले बताउनुभयो । जिल्ला स्तरमा सहमति हुन नसकेपछि जनमोर्चाले जिल्लाका विभिन्न पालिकामा उम्मेदवारी दिएको छ । तर, भरतपुर महानगरपालिकाको निर्णय केन्द्रले गर्नेभएपछि उम्मेदवारी दिएका प्रमुख, उपप्रमुखको उम्मेदवारी फिर्ता गर्नुपरेको पुरीले बताउनुभयो ।
जनमोर्चाले रत्ननगरमा मेयरमा इन्द्र पौडेल र उपमेयरमा चन्द्रकेसीलाई उठाएको छ । जनमोर्चाले बैशाख १२ गते विज्ञप्ती जारी नै गरेर चुनावी गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो ।


























