चितवन विशेष
भरतपुरमा काङ्ग्रेसका १०१ जना युवा एमालेमा प्रवेश
०

चितवन,बैशाख १६-
भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा आज शुक्रवार एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङ्गको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका पोलिट्व्युरो सदस्य देवी ज्ञवालीले उनीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो । एमालेमा दिनानुदिन पार्टी प्रवेशको क्रम चलिरहेको बताउदै कार्यक्रममा ज्ञवालीले एमाले देशकै पहिलो राजनीतिक शक्ति भएको बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले चितवनका पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलको समेत उपस्थिति थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























