चितवन विशेष

चितवन मेडिकल कलेजमा सुरु भयो आधुनिक ट्रमा सेन्टर,चौबीसै घण्टा संचालन हुने

Banner

चितवन,बैशाख १६-

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ। चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो। अस्पतालका निर्देशक डा दयाराम लम्सालले घाइते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाहीँ घाइते प्राथमिकतामा नपर्ने हुँदा छुट्टै ट्रमा सेन्टर सुरु गरिएको बताए। उनले भने, इमर्जेन्सीमा कहिले मुटु, कहिले ब्रेनहेमरेज, कहिले सानो बच्चा बिरामी आउँदा ट्रमाको बिरामी प्राथमिकतामा नपर्न सक्छन् तर ट्रमा सेन्टरमा प्राथमिकता पाउँछन्।

घाइतेको उपचारमा अझै बढी ध्यान पुगोस् भनेर सेवा सुरु गरिएको उनले बताए। ट्रमा सेन्टरमा विशेषज्ञ चिकित्सकलाई छिटो जोड्न सकिने डा लम्सालले बताए। ट्रमा सेन्टरमा एनेस्थेसिया, जनरल सर्जरी, अर्थोपेडिक सर्जरी, म्याग्जिलोफेसियल लगायतका सेवालाई सक्रिय गर्न सजिलो हुने बताउँदै डा लम्सालले भने, ट्रमा टिम नै चाहिन्छ, एक जना मात्रै भएर हुँदैन।

ट्रमा हेर्दै आएका सघन उपचारसम्बन्धी विशेषज्ञ डा वसन्त गौलीका अनुसार ट्रमाका सम्पूर्ण मापदण्ड पालना गरेर सेवा सुरु गरिएको छ। सेन्टरमा ट्रमा आकस्मिक कक्ष, ट्रमा सघन उपचार कक्ष, ट्रमा शल्यक्रिया कक्ष, ट्रमा पोष्टअप, ट्रमा वार्ड छन्। दुर्घटनाका घाइते परीक्षणका लागि आवश्यक पर्ने, एक्सरे, सिटीस्क्यान, एमआरआइलगायत सम्पूर्ण सुविधा सेन्टरमा नै उपलब्ध रहेको उनले जानकारी दिए। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>