चितवन विशेष

भरतपुरमा माओवादीका पनि बागी,कांग्रेसका जगन्नाथ माथि मात्रै दवाव

Banner

चितवन,बैशाख १६-

भरतपुर महानगरपालिकाको निर्वाचनमा गठबन्धन विरुद्ध उम्मेदवारी दिनु भएका जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन सिंगो राज्यसत्ता नै लागिपरिहेको छ । गृहमन्त्री बालकृष्ण खाँणसहित प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तीन दिनसम्म भरतपुरमा नै अड्डा जमाएर बसेका छन् । तर, भरतपुरमा कांग्रेसका बागीमाथि दवाव भैरहदा माओवादीबाट बागी उठेकाहरुलाई भने हाइसन्चो भएको छ । माओवादीबाट बागी उठेका उम्मेदवारलाई फिर्ता गराउन कसैले पहल वा दवाव दिएको पाईदैन ।

माओवादीबाट महानगरको प्रमुख पदमा रेनु दाहालको बिरुद्धमा हरिशरण श्रेष्ठ र रामकृष्ण ओझाले बागी उम्मेदवारी दिएका छन् यस्तैं, उपप्रमुखमा प्रेस सेन्टरका पत्रकारसमेत रहेका रविचन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् । यी तीनै जना माओवादी नेता कार्यकर्ता हुन् । तर उनीहरुलाई उम्मेदवारी फिर्ता बारे भने कसैले चासो दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>