Breaking News

कांग्रेस नेता पौडेल पछि नहट्ने भएपछि कारबाही गर्ने पार्टीको तयारी

Banner

चितवन,बैशाख १६

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेल पछि नहट्ने भएका छन्। गठबन्धनका नेताहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले दबाब दिँदा पनि उनी पछि नहट्ने निर्णयमा पुगेका हुन्।

पौडेलको यो निर्णयसँगै दुई दिनदेखि उनलाई फकाउन भरतपुरमा रहेका गृहमन्त्री बालकृष्ण खाँण आज काठमाडौं फर्किएका छन् । दुई मन्त्रीलाई देउवाले पौडेलको उम्मेदवारी फिर्ता गराउन भरतपुर पठाएका थिए। त्यसअघि मंगलबार भरतपुर पुगेर माओवादी अध्यक्ष प्रचण्डले पनि पौडेलको उम्मेदवारी फिर्ताबारे छलफल गरेका थिए।

तर शीर्ष नेता र दुई मन्त्रीको आग्रहलाई अस्वीकार गर्दै पौडेलले अडान नछाडेपछि उनलाई पार्टीबाटै निकाल्ने तयारी कांग्रेसले गरेको हो। माओवादीलाई दोस्रो पटक पनि मेयर दिने भएपछि चितवन कांग्रेस कार्यकर्ता रिसाएका छन्। पौडेलले पनि तिनै असन्तुष्ट कार्यकर्ताको साथ लिएर बागी उम्मेदवारी दिएका थिए।

पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले शुक्रबार ५ बजेसम्म अडान कायम राखे पार्टीबाट निष्काशित हुने छन्। पूर्व सांसद समेत रहेका नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आग्रह अटेर गर्दै उम्मेदवारी फिर्ता नलिने अडान राखेका छन्। देउवाले उनलाई काठमाडौं आउन भनेका थिए। तर उनले आफूलाई फुर्सद नभएको जवाफ दिए।

कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार बेलुकी ५ बजेभित्र विद्रोही उम्मेदवारले मनोनयन फिर्ता नलिए पार्टीबाट निष्काशन हुने चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>