Breaking News

भरतपुरका बागी उम्मेदवारलाई फकाउन नसकेपछि निराश हुँदै फर्किए गृहमन्त्री खाँड

Banner

चितवन,बैशाख १६-

भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार जगन्नाथ पौडेललाई फकाउने पाँच दलीय गठबन्धनको प्रयास असफल भएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेकाले त्यो समयसम्ममा उनको उम्मेदवारी फिर्ता गराउन सकिन्छ कि भन्ने कसरत अझै पनि चलिरहेको छ ।
तर पौडेलले अब त्यो कुरा सुन्न पनि तयार नभएको बताएका छन् । उनलाई फकाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले प्रयास गरेका थिए ।

उनीहरूले फोन गरेर उम्मेदवारी फिर्ता गरी गठबन्धनलाई सहयोग गरिदिन पौडेललाई आग्रह गरेका थिए । तर पौडेलले आफू धेरै अघि बढिसकेकाले अब फिर्ता हुने ठाउँ नरहेको बताउने गरेका छन् ।

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका पार्टीका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले भरतपुर पठाएका थिए । भरतपुरमा बसेर दुई दिनसम्म प्रयास गर्दा उनीहरूले पौडेललाई मनाउन सकेनन् । गृहमन्त्री खाँड पौडेललाई फकाउन नसकेपछि निरास भएर फर्किएका छन् ।

भरतपुर ७ कृष्णपुरस्थित निवासमा पुग्दा पौडेललाई कार्यकर्ताले घेरिरहेका छन् । उनको घरको कम्पाउण्ड र सडक कार्यकर्ताले खचाखच भएको छ । पौडेललाई तारन्तार केन्द्रीय नेताहरूको फोन आइरहेको छ र उनी भन्दै थिए अब म फिर्ता हुन सक्ने अवस्था छैन । कार्यकर्ता उनलाई कुनै हालतमा उम्मेदवारी फिर्ता नलिन दबाब दिइरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>