Breaking News
उम्मेदवारी फिर्ता नलिने पौडेलको अडान, गृहमन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ काठमाडौँ फर्किँदै
०

चितवन, वैशाख १६-
भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललेको उम्मेदवारी फिर्ता नलिने भएपछि गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ आज काठमाडौँ फकिएका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री खाण र राज्यमन्त्री श्रेष्ठलाई भरतपुर पठाएका थिए।
त्यस्तै गृहमन्त्री खाणले पौडेलको घरमै गएर उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। भने पौडेलले उक्त आग्रह अस्वीकार गरेका हुन्। माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता एवं पूर्वसांसद पौडेलले उम्मेदवारी दिएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























