चितवन विशेष

गृहमन्त्री खाँणसंग चितवनका होटल व्यवसायीको भेटः चौविसै घण्टा होटल खोल्न दिन माग

Banner

चितवन, वैशाख १५–

चितवनका होटल व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणसंग भेटघाट गरेका छन् । विहीबार विहान भरतपुरमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको उपस्थितिमा होटल व्यवसायी संघ चितवनको टोलीले गृहमन्त्री खाँणसंग भेटघाट गरेको हो ।

सो क्रममा संघले चितवन ट्रान्जिट पोन्ट रहेकाले रातिका समयमा कसैलाई पनि यात्रामा समस्या नहोस् भन्नका लागि २४सै घण्टा होटल व्यवसाय संचालन गर्न दिन गृहमन्त्रीसंग माग गरेको हो । संघका अध्यक्ष दिलकुमार श्रेष्ठले नारायणगढ, भरतपुरलगायतका बजारमा रातका समयमा यात्रुहरुले खाना, बस्नको समस्या भोग्नु पर्ने अवस्था आएको भन्दै रातभर नै सुरक्षित तवरले व्यवसाय संचालन गर्न दिन माग राखेका थिए ।

व्यवसायीको आग्रहलाई सकरामत्मक रुपमा लिदै गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन पश्चात २४सै घण्टा होटल व्यवसाय संचालन गर्न दिने बारे निर्णय गरिने बताए । अहिले निर्वाचनको समय भएकाले शान्ति सुरक्षालाई ध्यानमा राख्दै हाललाई तोकिएकै समयभित्रमा व्यवसाय बन्द गरिदिन आग्रह समेत गरेका छन् । गृहमन्त्री खाँणले निर्वाचन पश्चात व्यवसायीहरुले जिम्मेवारीपूर्वक व्यवसाय संचालन गर्ने सुनिश्चित गरि छिमेकीलगायत कसैलाई पनि समस्या नहुने गरि व्यवसायीलाई सहयोग गर्ने वचन दिए ।

गृहमन्त्रीसंगको भेटमा संघका उपाध्यक्ष कृष्ण भट्ट, सह–कोषाध्यक्ष ऋषिकेश अर्याल, सचिवालय सदस्य तथा होटल व्यवसायी संघ नारायणढ बजार इकाईका अध्यक्ष एवं ८ इकाईका संयोजक समेत रहेका कृष्ण महतोलगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>