चितवन विशेष

भरतपुरमा मेयरका उमेदवार विजय सुवेदीले पाँच वडामा सके घरदैलो

Banner

चितवन,बैशाख १६-

भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदीले पाँच वटा वडामा घरदैलो कार्यक्रम सकेका छन् । वैशाख १२ गते मनोनयन दर्ता गरेर प्रचारप्रसारका लागि १३ गतेदेखि घरदैलो सुरु गरेका सुवेदीले आजसम्म पाँच वटा वडामा पुगिसकेका छन् । वैशाख ३० गते मतदान हुँदै छ ।

भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । सुवेदी आज वडा नं २ मा घरदैलो सकेर वडा नं ३ मा जाँदै छन् । यसअघि वडा नं २१, २२, २७ र २८ मा घरदैलो गरेर सकिएको छ । गठबन्धनका दलहरु पार्टीभित्रैका असन्तुष्टहरुलाई फकाउन नसकिरहेका बेला एमाले–राप्रपाबाट उमेदबार बनेका सुवेदीले घरदैलोलाई तीव्र बनाएका छन् ।
सुवेदीसँगै उपमेयरकी उमेदवार हिमला गुरुङ पनि घरदैलोमा छिन् । मेयरका उमेदवार सुवेदीले भरतपुर–२ स्थित महानगर तरकारी तथा फलफुल बजारको निरीक्षण गर्दै बजारको लागि महानगरले जग्गा उपलब्ध गराउने र नीजि क्षेत्रलाई एक्लै नछाड्न बताए । दुःखी गरिब जनतासँग फोहोर उठाए बापत महानगरले पैसा नअसुल्ने नीति बनाउने उनले बताए ।

भरतपुर–१२ का टोल–टोलमा भेला

भरतपुर महानगरपालिका–१२ मा नेकपा एमालेका उमेदवारहरुलाई बिजयी गराउन स्थानीयले टोल–टोलमा भेला गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्य ध्वजाबाहक उमेदवारलाई विजय गराउने उदेश्यले वडाका सबै टोलमा भेला आयोजना गरि प्रचारप्रसार कमिटी गठनको काम चलिरहेको एमाले वडा कमिटी सचिव शोभा पण्डितले जानकारी दिइन् ।

वडा भित्र रहेका विभिन्न १७ वटा टोल कमिटिका भेलाले प्रचार प्रसार कमिटी गठन गर्ने पण्डितले बताइन् । यसक्रममा सुनगाभा टोल, नौरङ्गेटोल, आन्नदटोल, जिल्ला प्रशासन टोल, नवरत्नटोल, आस्था टोल र राधाकृष्ण टोलको भेला आज सकिएको छ ।

अन्य टोलमा पनि भेला सकेर १७ गतेवाट घरदैलो शुरु गरिने एमाले वडा कमिटी अध्यक्ष तीलप्रसाद न्यौपानेले जानकारी दिए । आज भएको टोल भेलामा पुगेका भरतपुरका मेयर उमेदवार बिजय सुवेदीले हरेक टोल समुदायले दिएको हौसलाले आफू उत्साहित बनेको बताए । समृद्ध र सुशासनयुक्त महानगर निर्माणको अभियानमा सहयोग पु¥याउन सूर्य चिन्हमा मतदान गरिदिन उनले अपिल समेत गरे ।

एमालेले भरतपुर–१२ को वडा अध्यक्षको उमेदवारमा स्थानीय सामाजिक अगुवा लेखराज पन्त ‘हरि’लाई अघि सारेको छ । भेलामा बोल्दै अध्यक्ष उमेदवार पन्तले आफू वडावासिको सेवा गर्न उमेदवार बनेको बताए । ‘हामी एमालेका वडा उमेदवारहरुको सामुहिक प्रतिवद्दता छ कि, हामी कुनै पनि सेवा सुविधा लिने छैनौं । निस्वार्थ जनसेवा नै हाम्रो सामुहिक उदेश्य रहनेछ’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>