Breaking News

भरतपुर मेयरका बागी उम्मेदवार पौडेललाई फकाउन राज्यमन्त्री श्रेष्ठ पनि चितवनमा

Banner

चितवन,बैशाख १५-

चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको दौडधुप जारी छ । गृहमन्त्री बालकृष्ण खाँण पौडेललगायतका नेतालाई फकाउन भरतपुर रहेकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि बिहीबार बिहान भरतपुर आएका छन् । भरतपुर आएलगत्तै राज्यमन्त्री श्रेष्ठ पौडेललाई भेट्न उनको निवास पुगेका छन् ।

भरतपुर ७ कृष्णपुरस्थित पौडल निवासमा पौडेल र श्रेष्ठबीच उम्मेदवारी फिर्ता लिनेबारेमा छलफल भएको छ । भेटमा पौडेलले कांग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिएको स्रोतले बतायो । यसअघि नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाललगायतका नेताहरूले पनि पौडेललाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । पौडेलसँग गृहमन्त्री खाँणले पनि भेट गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>