Breaking News

रेनुको उम्मेदवारी फिर्ता गराउँदा भरतपुरमा हामीलाई न्याय हुन्छः बागी उम्मेदवार पौडेल

Banner

चितवन, वैशाख १५-

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटन गृहमन्त्री बालकृष्ण खाँण चितवन पठाएका छन् ।

श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेको हो । तर पौडेलले आफू ब्याक नहुने बताए । उनले आफू ब्याक हुनु भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने बताए । त्यस्तै उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए ।

त्यस्तै उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>