Breaking News
बागी उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह
०

काठमाडौँ, वैशाख १५-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै बिहीबार वक्तव्य जारी गरेर देउवाले दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
कांग्रेसका नेता कार्यकर्ताले पार्टीको निर्णय र गठबन्धनको सहमति विपरित स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भन्दै देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिई दिनु हुन हार्दिक अपिल गर्दछु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























