Breaking News

नारायणगढ कमलनगरको एक घरमा अगलागी,आधा दर्जन पसल जले,करोडौंको क्षति

Banner

चितवन,बैशाख १५-

चितवनको नारायणगढ स्थित कमलनगरको एक घरमा भीषण आगलागी भएको छ । विहान २ बजेदेखि विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । ४ तले घरमा भएको आगलागीबाट ६ पसल जलेर नष्ट भएका छन् । भरतपुर महागरपालिका,खैरहनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन् ।

पहिलो तलामा रहेका सबै पसल जलेको र दोस्रो तल रहेका पसलमा पनि क्षति भएको प्रहरीले जनाएको छ । आगलागी भएको घरमा इलेक्ट्रोनिक्स, किराना, जुत्ता लगायतका पसल थिए । आगलागी बाट करोडौंको क्षति भएको भनिएपनि एकिन विवरण संकलन भइनसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>