Breaking News

कांग्रेस चितवनद्धारा बागी उम्मेद्वारहरुलाई पार्टीको मूलप्रवाहमा फर्किन आग्रह

Banner

चितवन, वैशाख १४–

नेपाली कांग्रेस चितवनले बागी उम्मेद्वारी दिएका उम्मेद्वारहरुलाई पार्टीको मूलप्रवहमा समावेश हुन आग्रह गरेको छ ।

जिल्ला कार्यसमितिको आज (बुधबार) बसेको पूर्ण बैठकले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका पूर्व सांसद जगन्नाथ पौडेललगायतलाई मूलप्रवाहमा समावेश हुन आग्रह गरेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख उपस्थिमा सम्पन्न पूर्ण बैठकले नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यदेखि पार्टीका विशिष्ट तहसम्म रहेका ब्यक्तिहरुलाई अविलम्ब पार्टीको मूलधारमा समावश हुन आग्रह गरिएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए।

‘जो आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र अर्थात रुख चिन्ह भन्दा बाहिरबाट उम्मेदवारी दर्ता गर्नु भएको छ, उहाँहरु सबैलाई त्यहाँबाट फिर्ता भएर पार्टीको मुल प्रवाहमा समाबेश हुनका लागि आग्रह गरिन्छ’– खनालले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>