Breaking News

चितवनको माडीमा एमाले र राप्रपाबीच तालमेलः एमालेका उपमेयर उम्मेदवारको उम्मेदवारी फिर्ता

Banner

चितवन,बैशाख १४-

चितवनको माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको छ । माडी नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको हो । दुबै पार्टीले माडीमा एक कार्यक्रमको आयोजना गरी गरी तालमेलको सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको हो ।

बैशाख १२ गते उम्मेदवारी दर्ताको दिन दुई पार्टी बीच अन्तिम समयमा तालमेल भएकोले आचार्यले एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिनु भएको थियो । उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै आचार्यले पार्टीको एक असल कार्यकर्ता भएको नाताले तालमेलको भावना अनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताउनुभयो ।

उहाँले उम्मेदवारी फिर्ता लिएर गठवन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताउनुभयो । राप्रपाका तर्फबाट उपमेयरमा मदन पौडेलले उम्मेदवारी दिनु भएकोछ । सो कार्यक्रममा बोल्दै उपमेयर उम्मेदवार पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउन दृढ भएर लाग्ने बताउनुभयो । राप्रपाले मेयर पदमा उम्मेदवारी नै दिएको थिएन ।

कार्यक्रममा एमाले क्षेत्र नं. ३ का अध्यक्ष श्याम विष्ट, प्रदेश कमिटी सदस्य सरस्वती विष्ट, एमाले प्रचार विभाग प्रमुख रविकिरण पौडेल, माडी नगर अध्यक्ष नारायण अधिकारी, सचिव श्रीप्रसाद दवाडी, माडी नगरपालिकाको मेयरका उम्मेदवार ताराकुमारी काजी महतो, राप्रपाका जिल्ला प्रवक्ता राजु भण्डारी लगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>