चितवन विशेष

काँग्रेस नेता कार्यकर्ता फकाउन गृहमन्त्री खाँड आज चितवन आउँदै

Banner

चितवन,बैशाख १४-

गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड आज (बुधवार) चितवन आउँदै हुनुहुन्छ । उहाँ २ः३५ को फ्लाइट मार्फत चितवन आउन लाग्नुभएको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई टिकट दिएपछि रुष्ट बनका भरतपुरका नेता कार्यकर्ता फकाउन खाँड चितवन आउन लागेका हुन् । उनले जिल्लामा असन्तुष्ट बनेका नेता कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । काँग्रेसका असन्तुष्टहरुका तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँलाई पनि खाँडले भेट्ने स्रोतले बताएको छ । भरतपुरको मेयर काँग्रेसले नै पाउनुपर्ने यहाँका नेता कार्यकर्ताको माग छ ।

काँग्रेसभित्रको तीब्र असन्तुष्टिका कारण चितवनमा गठबन्धन बलियो बन्न सकेको छैन् । हिजो (मंगलबार) मात्र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएर फर्किएका छन् । उनले पनि चितवनका काँग्रेस र एकीकृत समाजवादीका नेता कार्यकर्तालाई भेट गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>