चितवन विशेष

रत्ननगर नगरपालिकामा सुकुमबासी बस्तीबाट एमालेको घरदैलो सुरु

Banner

चितवन,बैशाख १४-

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) रत्ननगरले चुनावी प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । एमाले रत्ननगरले आज सुकुमबासी बस्तीबाट घरदैलो सुरु गरेको छ । एमालेबाट रत्ननगरको मेयरका उमेदवार विमला दुवाडी र उपमेयरका उमेदवार यादव पाठक सहितको टोलीले घरदैलो सुरु गरेको हो । टोलीले रत्ननगर–३ लौरीघोलस्थित सुकुम्बासी बस्तीबाट घरदैलो सुरु गरेको एमाले नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए ।

घरदैलोका क्रममा उमेदवारलाई स्थानीयले बधाई र शुभकामना दिए । मेयरको उमेदवार महिला पाएपछि स्थानीय महिलाहरु उत्साहित देखिएका छन् । उनीहरुले महिलाको समस्या समाधानको लागि नेतृत्व तहमा महिलानै हुनुपर्ने भन्दै मेयरको उमेदवार दुवाडीलाई जीतको लागि शुभकामना दिए ।

घरदैलो कार्यक्रममा मेयरको उमेदवार दुवाडी, उपमेयरका उम्मेदवार पाठक सहित वडा नम्बर ३ का वडाध्यक्षका उमेदवार गुप्तनाथ भट्टराई, सदस्यका उमेदवारहरु किशोरबाबु पुरी, राममणी थपलिया, प्रेमकुमारी चौधरी र विमला परियार लगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>