Breaking News

बागी उठेका कांग्रेस नेता पौडेलसंग कांग्रेस चितवनको भेट, निर्णयमा पूर्नविचार गर्न आग्रह

०
Banner

चितवन, वैशाख १४–

विद्रोह गरेर भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलसंग नेपाली कांग्रेस चितवनको टोलीले भेट गरेको छ । सभापति राजेश्वर खनालसहितको टोली पौडेलकै निवासमा पुगेर भेट गरेको हो ।

मंगलबार साँझ पौडेल निवासमा जिल्ला सभापति खनालसंगै उपसभापति राजीव न्यौपाने र सचिव सूर्य अर्याल पुगेका थिए । सो भेटका क्रममा पूर्वसांसद समेत रहेका पौडेललाई आफ्नो निर्णयमा पूर्नविचार गर्न जिल्ला टोलीले आग्रह गरेको थियो । ‘तपाई जुन बाटो हिड्दै हुनुहुन्छ त्यो बाटोमा पूर्नविचार गरिदिनु भनेर आग्रह गर्‍यौ ,’ सभापति खनालले भने , ‘ उहाँलाई हामीले आफ्नो तर्फबाट कुरा गर्‍यौ । उहाँले पूर्नविचार गर्नुहन्छ भन्ने विश्वास गरेका छौ ।’ गठबन्धनको निर्णय अनुसार पार्टीलार्इ सहयोग गर्न पनि टोलीले आग्रह गरेको थियो ।

गठबन्धनले भरतपुरको महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)लाई दिएर उपप्रमुख काँग्रेसले लिएको छ । उपप्रमुखसहित २९ वडा मध्ये कांग्रेसले २० वटा वडा लिएको छ । काँग्रेसलार्इ प्रमुख नदिएको भन्दै असन्तुष्ट पौडेलले स्वतन्त्र दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>