Breaking News

कांग्रेस चितवनको आज बैठक बस्दै, असन्तुष्ट पक्षलाई मिलाउने विषयमा केन्द्रीत हुने

Banner

चितवन, वैशाख १४–

नेपाली कांग्रेस चितवनको आज बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय कमलनगरमा बैठक बस्न लागेको जिल्ला सचिव ध्रुव पोखरेलले जानकारी दिए ।

आजको बैठकमा स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनको केन्द्रको निर्णय अनुसार जिल्लामा गठबन्धन बनेको विषय र सोही विषयलाई लिएर असन्तुष्ट बनेको पक्षलाई कसरी मिलाएर लैजाने भन्ने विषयमा बैठक केन्द्रीत हुने सचिव पोखरेलले बताए ।

मंगलबार मात्रै कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलसंग छलफल गरेका थिए । सो विषयमा पनि बैठकमा जानकारी गराइने छ ।

कांग्रेस चितवन मनोनयनपत्र दर्ताको अन्तिम समयमा उम्मेद्वार टुंगो लगाउँदै उम्मेद्वारी दर्ता गराएको थियो । टिकट विषयमा पनि कांग्रेसभित्र चर्को विवाद सिर्जना भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>