Breaking News

चितवनमा एमाले र काँग्रेसले खाता खोल्यो, एक/एक वडा सदस्य निर्विरोध

Banner

चितवन,बैशाख १३-

चितवनमा दुई सदस्य निर्विरोध भएकी छन्। इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन्।निर्वाचन अधिकृत ईश्वर आचार्यले उक्त पदमा एमालेकोतर्फबाट दुर्गाको मात्रै उम्मेदवारी परेको जानकारी दिए। सोही पदमा कालिका नगरपालिकामा २२ वर्षकी चमेली सुनार पनि सर्वसम्मत भएकी छन्। उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन्।

इच्छाकामनामा गठबन्धनको तर्फबाट कांग्रेसकी गीताकुमारी गुरूङ अध्यक्ष र माओवादी केन्द्रका प्रताप गुरूङ उपाध्यक्ष पदमा उम्मेदवार छन्। एमालेले भने अध्यक्षमा दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवार बनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>