Breaking News

चितवनको माडीमा एमाले र राप्रपाबीच तालमेल,मेयर एमाले र उपमेयर राप्रपालाई

Banner

चितवन,बैशाख १२-

चितवनको माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ । राप्रपाले एमालेबाट माडीको मेयरको उम्मेदवार बनेकी ताराकाजी महतोलाई सहयोग गर्नेछ भने, उपमेयरमा एमालेले राप्रपाका मदन पौडेललाई सहयोग गर्ने राप्रपाका जिल्ला प्रवक्त राजु भण्डारीले जानकारी दिए । उनका अनुसार एमालेबाट उपमेयर उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यको उम्मेदवारी फिर्ता लिने सहमति छ । राप्रपाले मेयरमा उम्मेदवारी दर्ता गराएको छैन । ९ वटा वडा रहेको माडी नगरपालिकामा एमालेले मेयरसहित ४ र राप्रपाले उपमेयरसहित ५ वडा लिने सहमति भएको उनले बताए ।

माडी नगरपालिकामा राप्रपाको बलियो प्रभाव छ । राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र पर्ने माडीमा यसअघि भएको स्थानीय तहको निर्वाचनमा राप्रपाका मेयर उम्मेदवार मदन पौडेलले ३,०७३ मत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>