चितवन विशेष

भरतपुर–१० मा कांग्रेसका युवा उम्मेद्वार

Banner

चितवन, वैशाख १२–

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले भरतपुर महानगरपालिका वडा नं.१० मा युवा उम्मेद्वार उठाएको छ ।

विद्यार्थी राजनीतिबाट चर्चा कमाएका युवा नेता परमेश्वर खनाल वडा अध्यक्षका उम्मेद्वार बनेका छन् । उनले सोमबार आफ्ना वडाका नेता, कार्यकर्तासहित उम्मेद्वारी दर्ता गराउन पुगेका थिए ।

यस वडाको खुला सदस्यमा युवाद्धय रेशमराज थापा (ऋषि) र मित्रनिधि तिवारीले उम्मेद्वारी दर्ता गराएका छन् । दुवै जना नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उनीहरु युवाहरु माझ लोकप्रिय छन् ।

यस्तै महिला सदस्यमा संगीता लामा र महिला दलित सदस्यमा पार्वती नेपालीले उम्मेद्वारी दिएका छन् ।

वडा अध्यक्षका उम्मेद्वार खनालले वडाको विकासका लागि आफू प्रतिवद्ध रहेको बताए । युवादेखि सबै समूहको समस्यालाई समाधान गर्दै वडालाई व्यवस्थित र नमुना बनाउने अभियानमा आफू लागि परेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>