Breaking News

भक्तपुरको हार्डवेयर गोदाममा भीषण आगलागी

Banner

भक्तपुर, वैशाख १२-

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं।५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएको थियो ।

मध्यपुर थिमि नगरपालिका वडा नं.६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सि। ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी भएको थियो ।

आगलागीको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकल पुगेको थियो । आगलागीबाट अन्दाजी सात करोड पचास लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>