Breaking News

चितवनमा सत्तागठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरियो

Banner

चितवन, वैशाख १२–

चितवनमा चुनावी सत्तागठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गठबन्धनको मर्म बिपरित उपेक्षा गरिएको भन्दै चुनावी गठबन्धनबाट बाहिरिएको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले चितवनका सबै पालिका तथा वडा तहमा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको जिल्ला अध्यक्ष डम्बर पुरीले जानकारी दिनुभयो । ‘सत्ता साझेदार गठबन्धनबिच मिलेर जानेभन्ने थियो । हामीलाई गठबन्धनको मर्म विपरित उपेक्षा गरियो’, उहाँले भन्नुभयो , ‘संघियता विरुद्ध स–सक्क्त आवाज उठाउँदै हामी सबै पालिकामा एकल रुपमा उम्मेदवार दिनेगरि अगाडी बढेका छौँ ।’ पुरीले स्थानीय स्वायत्त शासनलाई बलियो बनाउने गरि अगाडी बढ्ने समेत बताउनुभयो ।

उहाँले राजमोको गिलास चिन्हमा समेत मतदान गरिदिन आह्वान गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाले ९८ वडा मध्ये एक वडामा वडाध्यक्ष पाउनुपर्ने माग गरेको थियो । तर, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले मात्र वडा बाडफाड गरेका छन् । चितवनमा कांग्रेस ५८, माओवादी २६ र समाजवादीलाई १३ वडा राख्ने गरि भागबण्डा गरेका थिए । वडाध्यक्षमा राजमो र जसपालाई उनिहरुले समावेश गरेका छैनन् । तर, वडाका सदस्यमा समावेश गर्ने गरि गृहकार्य भएको नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानेले जानकारी दिनुभयो ।

वडा तहमा भएको भागबण्डामा एकीकृत समाजवादीले पनि असहमति जनाउँदै आएको छ । एकीकृत समाजवादीका जिल्ला इन्चार्ज कृष्ण खनालले वडा तहमा मित्रवत रुपमा प्रतिस्पर्धामा जाने तयारी रहेको जानकारी दिए । पछिल्लो समय सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी बिच मात्र बैठक हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>