चितवन विशेष
रत्ननगर नगरपालिकाको मेयरमा काँग्रेसको उमेदवार प्रल्हाद सापकोटा
०

चितवन,बैशाख १२-
चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले प्रल्हाद सापकोटालाई उमेदवार बनाएको छ । नगर सभापति रहेका उनलाई आइतबार पार्टीले मेयरको उमे्दवार बनाउने निर्णय गरेको हो । मेयरमा धेरै नेताको आकांक्षा भएपनि अन्ततः सापकोटाले टिकट पाएका हुन । सापकोटालाइ मेयरमा गठबन्धनको पनि समर्थन छ । गठबन्धनको तर्फबाट सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता हुनेछ ।
रत्ननगरको उपमेयर भने एकिकृत समाजबादीको भागमा परेको छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा यो नगरपालिकाको मेयर, उपमेयर दुबै एमालेले जितेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























