Breaking News

भरतपुरमा राप्रपाले एमालेसंग तालमेल नगर्ने, मेयरमा दीपक थापा उम्मेद्वार बन्ने

Banner

चितवन, वैशाख ११–

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताउनुभयो । उहाँका अनुसार राप्रपा भरतपुर महानगरका अध्यक्ष दिपक थापालाई मेयरको उम्मेदवार बनाइने छ ।

उपमेयरमा पनि उम्मेदवार उठाउने स्रोेतले जनाएको छ । उपमेयरमा ३ जना आकांक्षी रहेकाले भोलि (सोमबार) एक जना सर्वसम्मत उम्मेदवार छनौट हुने जनाइएको छ । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे २०७० मा दोस्रो संविधानसभामा निर्वाचित हुनुभएको साविक क्षेत्र नम्बर ५ भित्रै माडी र महानगरको केही क्षेत्रहरु पर्छन् । राप्रपाको जनाधार पश्चिम चितवनमा पकड बलियो छ । यसअघि महानगरमा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा चलेपनि राप्रपा एकल चुनावमा जान लागेको हो ।

यस्तै राप्रपाको बलियो जनाधार रहेको क्षेत्र माडीमा पनि मेयर र उपमेयरमा उम्मेदवारी दिइने छ । मेयरमा मदनप्रसाद पौडेल र उपमेयरमा फूलमाया महतोलाई उम्मेदवार बनाउने तयारी छ । राप्रपाले चितवनका ७ वटै पालिकाको प्रमुख, उपप्रमुख, ९८ वडामै वडाध्यक्ष, सदस्य पदहरुमा समेत उम्मेदवारी दिइने जनाएको छ । राप्रपा र एमालेसँगको चुनावी तालमेलको सम्भावना नहुने देखिएको हो ।

आज (आइतबार) दिनभर राप्रपाका जिल्ला नेताहरु केन्द्रीय नेताहरुसँग समन्वय गर्दै बसेको बैठकले चितवनमा चुनावी तालमेल नगर्ने निष्कर्षमा पुगेको हो ।

यसअघि भरतपुरमा राप्रपा र नेकपा (एमाले)बीच तालमेलको तयारी भइरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>