Breaking News
भरतपुर महानगरपालिकाको मेयरमा ११, उपमेयरमा ३ जनाको उम्मेद्वारी दर्ता

चितवन, वैशाख ११–
चितवनको भरतपुर महानगरपालिकामा पहिलो दिन ११ जनाले मेयर पद र ३ जना उपमेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार महानगरको मेयर पदमा ११ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् । पहिलो उम्मेद्वारी नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले उम्मेद्वारी दर्ता गराएका थिए । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी र नेकपा (माले)बाट सूर्यप्रसाद रेग्मीले मेयर पदमा मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए ।
यस्तै स्वतन्त्र तर्फ मेयर पदमा भरतपुर–११ का रुद्रप्रसाद सापकोटा, भरतपुर–१ का यामकान्त शर्मा कंडेल, भरतपुर–१ का रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरेले मनोनयनपत्र दर्ता गराएका छन् ।
यस्तै भरतपुरको उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापा मगर, मंगोल नेशनल अर्गनाईजेशनबाट सुष्मा तामाङ र नेकपा (माले)बाट इन्दिरा शर्मा गौलीले मनोनयनपत्र दर्ता गराएको कार्यालयले जनाएको छ । आज पहिलो दिन सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दलले मनोनयनपत्र दर्ता गरेनन् ।

























