Breaking News

गैडाकोटमा काँग्रेस वडासभापति सहित ५५ जनाले दिए सामूहिक राजिनामा

Banner

गैँडाकोट,बैशाख ११-

गठबन्धनको विरोध गर्दै नवलपुरको गैँडाकोटमा ५५ जना काँग्रेस कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् । नेपाली काँग्रस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोधगर्दै नगर सभापति समक्ष राजिनामा दिएको हो । वडा सभापति रामप्रसाद सापकोटा सहित वडा समितिमा आवद्ध रहेका सबैले नगरसभापति बद्रि सापकोटा समक्ष राजिनामा दिएका हुन् । राजिनामा पत्रमा ५५ जनाको हस्ताक्षर रहेको छ ।

नेपाली काँग्रेसको नगर पार्टि कार्यालयमा दवावमुलक तथा सामुुहिक राजिनामा कार्यक्रममा सहभागि वडा सभापति रामप्रसाद सापकोटा सहित काँग्रेस कार्यकर्ताले काँग्रेस मास्न पाईदैन गठबन्धन चाहिदैन, नेपाली काँग्रेस जिन्दावाद, गठबन्धन मूर्दावाद जस्ता चर्का नारावाजी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>