Breaking News

यी हुन् नेकपा एमालेबाट चितवनका सात पालिकाका प्रमुख र उपप्रमुख उम्मेदवार

Banner

चितवन,बैशाख ११-

चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुंगो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुईवटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र उपमेयरमा कविता उप्रेती, रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक तथा कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा उम्मेदवार भएका छन् ।

खैरहनीका लालमणी चौधरी अहिले पनि नगरपालिकाको मेयर छन् । रत्ननगरको मेयरको उम्मेदवार बनेकी दुवाडी अहिले नगरपालिकाको उपमेयर छिन् । यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो चयन भएकी छन् । महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन् । एमालेले यसअघि नै भरतपुर महानगरको मेयरमा विजय सुवेदी र इच्छाकामना गाउँपालिको अध्यक्षमा दानबहादुर गुरुङलाई सर्वसम्मत उम्मेदवार बनाइसकेको छ ।

एमालेले इच्छाकामना गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार माया सिलवाललाई बनाएको छ । एमालेले राप्रपासँग तालमेल गर्ने भनेर भरतपुर महानगरपालिका र माडी नगरपालिकाको उपमेयरका उम्मेदवार चयन गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>