Breaking News

भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल

Banner

चितवन,बैशाख १०-

भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले सम्भवत अहिले कहीबेरमा राप्रपासंग सम्झैता हुने बताए ।

तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । सहमतिको लगभग टुंगिएको छ,’ राप्रपा स्रोतले भन्यो, ‘उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल गर्ने सहमती भएको छ ।’ उपमेयर कस्लाई बनाउने भन्ने बारे छलफल भइरहेको छ । भरतपुर महानगरमा राप्रपाको राम्रै प्रभाव छ । पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र भएका कारणले पनि यहाँ राप्रपा बलियो शक्तिको रुपमा छ । गत स्थानीय तहको निर्वाचनमा पनि राप्रपाका उम्मेदवारले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक राप्रपाले १० हजार बढि मतदाता आफ्नो रहेको दावी गर्दैै आएको छ ।

एमालेले यसअघि नै विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनि घरदैलो अभियानमा जुटिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>