Breaking News
आचारसंहिता उल्लंघन गर्दै एमालेबाट निर्वाचित भएका वडाध्यक्षले बाँडे साडी

काठमाडौँ, वैशाख १०-
चन्द्रागिरि नगरपालिकाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा साडी बाँड्ने योजना बनाएको छ । हिजो चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तोष खड्काको हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई आज साडी बाँड्न लागेको उल्लेख गरिएको छ ।
नगरपालिकाका वडाध्यक्षले आचारसंहिता उल्लंघन गर्दै आज दिउँसो २ बजे महिलाहरूलाई साडी बाँड्न लागेको हो।
२०७४ सालमा एमालेबाट निर्वाचित भएका उनीले यसपालि पनि वडाध्यक्षका दाबेदार दिएका छन् ।
वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध गरिएको उल्लेख छ।
निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईलेका अनुसार यो कार्यक्रमले निर्वाचन आचारसंहिता, २०७८ ले उल्लंघन गरेकोले त्यसलाई तत्काल रोक्निे छ ।




























