Breaking News

कांग्रेसले भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेद्वार बनाउने

Banner

चितवन, वैशाख १०–

नेपाली कांग्रेसले अन्ततः भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

महानगरका उम्मेदवार छान्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । सो छलफलको क्रममा भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका तर्फबाट चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् ।

अधिकारी महानगर कार्यसमितिका सभापति समेत हुन् । उनले मेयरमा आकांक्षा देखाएका थिए । भरतपुरमा मेयरका लागि २५ जना र उपमेयरका लागि २४ जना आकांक्षी थिए ।

कांग्रेसले छ महानगरपालिकामध्ये कांग्रेसले केन्द्रबाट काठमाडौं, ललितपुर र विराटनगरमा मेयर र भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयर पदका उम्मेदवारको छान्नुपर्नेछ ।

उपमेयरमा चुनाव लड्नका लागि शुक्रबार मात्रै अधिकारीले भरतपुर–२१ को वडा अध्यक्षबाट राजीनामा समेत दिएका थिए । चितवनमा भने कांग्रेस भित्र तिव्र विवाद चलिरहेको छ । महानगरको मेयर माओवादीलाई दिने सहमति भएपछि भरतपुरका कांग्रेसीहरु रुष्ट बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>