Breaking News

नेपाल अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भयोः राजेन्द्र लिङ्देन

Banner

विराटनगर,बैशाख १०-

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देश अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भएको आरोप लगाएका छन्। मोरङको बेलबारीमा शुक्रबार आयोजित नगर सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले करिब ३ दशक सत्ता सम्हालेका राजनीतिक दलहरूले देशलाई पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको आरोप लगाउँदै भने, ‘जुन देशको जनसंख्या ३ करोड पुगेको छैन‚ त्यो देशका पचासौँ लाख युवा वैदेशिक रोजगारीमा छन्।’

देश बन्छ भनेर फेरि तिनै नेतालाई भोट दिनु भनेको साँढेको टाङमुनि बाल्टीन थापेर दूध आउँछ भनेजस्तै भएको उनले व्यंग्य गरे। ‘त्यसलाई दूध दिएन भनेर सुमसुम्याउँदा पनि हुँदैन, कुँडो थपिदिँदा पनि हुँदैन,’ उनले भने, ‘किनभने साँढेको धर्म नै दूध दिने होइन।’

उनले राजनीतिक दलका पछिल्ला गतिविधि हेर्दा मुलुकका तीन अंगबीच परस्पर तालमेल नरहेको बताए। उनले दावी गरे‚ ‘जसले गर्दा मुलुक अफ्ठयारोमा पर्छ र जनतालाई सकस भएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>