चितवन विशेष

हावाहुरीले रेडियो भरतपुरको टावर ढल्यो, प्रशारण अबरुद्ध

Banner

चितवन,बैशाख ९-

चितवनमा शुक्रबार आएको भिषण हावाहुरीले सामुदायीक रेडियो भरतपुरको टावर ढलेको छ । भरतपुर–४ यज्ञपुरीमा रहेको रेडियोको टावर ढलेसंगै प्रशारण अबरुद्ध भएको हो ।

हावाहुरीले टवरसंगै सोलार प्यानल समेत उडाएको रेडियोका अध्यक्ष नविनराज पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । एक महिना अघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो । हावाहुरीका कारण रेडियोमा १५ लाख बराबरको क्षति भएको अध्यक्ष पौडेलले बताउनुभयो ।
टावरमा क्षति भएसंगै सो क्षेत्रको विद्युत समेत अबरुद्ध भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>