Breaking News

भरतपुरको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिने निष्कर्ष,उम्मेदवार भोलि टुंगो लाग्ने

Banner

चितवन,बैशाख ९-

भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि भरतपुरका कांग्रेस नेता कार्यकर्ताले आज (शुक्रबार) छुट्टै भेला गरेका छन् । उनिहरुले पार्टी कार्यालयमा भेला गरेर नेतृत्वको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरूङ र दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल, भीमबहादुर श्रेष्ठ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र जितनारायण श्रेष्ठलगायत सहभागी भेलाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकालेको छ। भोलिसम्ममा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्ने पूर्वसांसद पौडेलले बताए । ‘कांग्रेसको जनमत राम्रो भएको चितवनमा माओवादीलाई भरतपुरको मेयर दिनु कांग्रेसका लागि घाटा हो। हामीले कांग्रेसलाई जोगाउन मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकालेका छौं,’ उनले भने।

भेलापछि उनीहरूले पार्टी जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा ताला लगाइदिएका छन्। भेलामा अधिकांश वडाका सभापति सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>