Breaking News

भरतपुरमा बागी उम्मेदवार उठाउने कांग्रेसको तयारी,पार्टी कार्यालयमा असन्तुष्ट पक्षको भेला

Banner

चितवन,बैशाख ९-

नेपाली कांग्रेसको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार उठाउने तयारी गरिएको छ । केन्द्रीय गठबन्धनको निर्णयप्रति असन्तुष्ट पक्षले कांग्रेसको तर्फबाट बागी उम्मेदवार उठाउने तयारी गरेको स्रोतले बतायो । यसका लागि आजै कांग्रेस चितवनको पार्टी कार्यालयमा भेला बोलाइएको छ ।

कांग्रेस भरतपुरका एक नेताका अनुसार महानगरको मेयर यस पटक माओवादीलाई दिन नहुने भन्दै बागी उम्मेदवार उठाउने बिषयमा छलफल हुँदैछ । केन्द्रीय गठबन्धनले भरतपुरको मेयर माओवादीलाई छोड्ने निर्णय गरिसकेको छ । तर केन्द्रको निर्णयमा चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले तीब्र असन्तुष्टी जनाईरहेका छन् ।
यस अघि आज बिहान मात्रै कांग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धन विरोधी गतिविधि नगर्न नगराउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>