Breaking News

भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा,उपप्रमुखले गरिन् स्वीकृत (राजीनामा पत्रसहित)

Banner

चितवन,बैशाख ९-

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज (शुक्रबार) राजीनामा दिएकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएको प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताए । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

राजीनामा पत्रमा भनिएको छ-यही मिति २०७९ बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचनमा म भरतपुर महानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गर्नेहुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु । कानुन बमोजिम मेरो राजीनामा स्वीकृत गर्नु गराउनुहुन अनुरोध छ । उनले सो राजीनामा पत्र उपप्रमुख पार्वती शाह ठकुरीलाई बुझाइन् । लगत्तै ठकुरीले राजीनामा स्वीकृत गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>