Breaking News
गएराति मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड
०

हेटौंडा, वैशाख ९-
हेटौंडामा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ।
गएराति अज्ञात समूहले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ का पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हो ।
पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीका अनुसार पार्कमा बिहान मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि खबर गरेका थिए।
‘जानकारी आउनासाथ आफू घटनास्थल पुगेर हेर्दा मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ । २० महिना अगाडि करिब २० बिगाहा क्षेत्रफल समेटर पार्क निर्माण गरिएको अध्यक्ष भण्डारीले बताए। उनका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























