Breaking News
आज बाट एसईई परीक्षा सुरु हुँदै,५ लाख १५ हजार विद्यार्थी सहभागी हुने
०

भक्तपुर,बैशाख ९-
शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
कोरोना महामारीका कारण २०७७/०७८ सालको एसईई भएको थिएन । त्यसबेला आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दे आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो। यस वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























