मनोरञ्जन

अभिनेत्री केकीले गरिन् रोहितसंग विवाह

Banner

काठमाडौँ, वैशाख ८–

अभिनेत्री केकी अधिकारी वैवाहिक जीवनमा प्रवेशी गरेकी छन् । उनले बिहीबार प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन्। काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा उनले विवाह गरेकी हुन् ।

परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा उनीहरुको विवाह कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>