चितवन विशेष
नारायणगढ लायन्स क्लवको अध्यक्षमा शान्त कुमार पिया

चितवन, वैशाख ८–
चितवनको जेठो क्लव नारायणगढ लायन्स क्लवको अध्यक्षमा पुनः शान्त कुमार पिया सर्वसम्मत चयन भएका छन् । क्लवको वार्षिक साधारणसभा मार्फत लायन वर्ष २०२२/२३ कार्यकालका लागि पियाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्लवको प्रथम उपाध्यक्षमा राजु पिया, द्धितीय उपाध्यक्षमा जीवन कुमार गुप्ता, तृतीय उपाध्यक्षमा उमेश पिया चयन भएका छन् । यस्तै सचिवमा प्रशन्न कुमार जोशी र कोषाध्यक्षमा प्रशान्त कुमार पिया चयन भएका छन् ।
त्यसैगरि एमसीपीमा सनद कुमार पिया, एलसीआइएफ कोअर्डिनेटरमा सुरेश कुमार श्रेष्ठ, सर्भिस चियरपर्सनमा कृष्ण धिताल, मार्केटिङ चियरपर्सनमा महेन्द्र श्रेष्ठ, पीआरओमा विवश पिया, टेमरमा सुवोध श्रेष्ठ, टेलट्वीस्टरमा अर्विन पिया चयन भएका छन् । यस्तै डाइरेक्टरमा प्रभातकुमार जोशी, प्रेमकुमार श्रेष्ठ, निरकुमार पिया र उद्योग कुमार पिया चयन भएका छन् ।


























