Breaking News

संघीयताले मुलुक आर्थिक संकटमाः लिङ्देन

Banner

बुटवल,बैशाख ८ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयताले मुलुक आर्थिक संकटमा परेको बताएका छन् । राप्रपा बुटवल उपमहानगर समितिको आयोजनामा बिहीबार भएको सभालाई सम्बोधन गर्दै उनले सामान्य आँखाले हेरेभन्दा देशको अवस्था फरक र ईतिहासकै अफ्ठ्यारो अवस्थामा परेको दाबी गरे । ‘२५ वर्षदेखि नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र अनेकतन्त्रको नाममा झुक्याएर संघीयता पक्षधरले देश खाएका छन्,’ उनले भने ।

देशको सम्पूर्ण राजनीतिक प्रणाली काम नलाग्ने भएको बताउँदै उनले राजनीतिमा भ्रष्ट प्रवृत्ति महारोग भएको बताए । ५ वर्षका लागि म्यान्डेट पाएको सरकार बीचमा परिवर्तन हुने तथा विभिन्नि समयमा भएका सत्ताको खेलले अहिलेको संघीय तथा राजनीतिक प्रणाली काम नलाग्ने प्रमाणित भएको लिङ्देनको भनाइ छ । ‘मुलुकका संवैधानिक अंगहरुबीच नियन्त्रण र सन्तुलन गुमेको छ । मुलुक ठूलो दुर्घटनातर्फ बढिरहेको छ । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाभित्रका गतिविधि तथा आपसी समन्वय र सन्तुलन प्रतिकूल देखिएको छ,’उनले भने, ‘देश कुनै पनि बेला श्रीलंका बन्न सक्ने खतरामा छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>