चितवन विशेष
सम्मानजनक व्यवहार नगरे भरतपुरका २९ वटै वडामा उम्मेद्वार उठाउने जसपाको तयारी

चितवन, वैशाख ८–
जनता समाजवादी पार्टी (जसपा) भरतपुर महानगर समितिले सत्तारुढ गठबन्धनमा सम्मानजनक सीट बाँडफाड नगरिए एक्लै चुनाव लड्ने चेतावनी दिएको छ । जसपाले चेतावनी स्वरुप बिहीबार भरतपुरको २९ वटै वडामा वडाध्यक्ष उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
महानगर समितिका अध्यक्ष अनुज जोशीले मेयर, उपमेयर पदमा सघाउन तयार रहेपनि वडाहरुको नेतृत्वमा जसपालाई सम्माजनक सीट दिनुपर्ने बताएका छन्। राजनीतिक हैसियत, मर्म र भावना अनुसार न्यायोजित सीटमा जसपाबाट उम्मेदवार बनाउन पाउनुपर्ने वातावरण बनाउन उनले माग समेत गरे। जसपा महानगर इन्चार्ज तारा विश्वकर्माले जसपाको बलियो जनाधार रहेका वडाहरुमध्ये कम्तिमा ५ वडामा वडाध्यक्ष जसपाबाटै उम्मेदवार बनाउन सत्तागठबन्धन सकारात्मक बन्नुपर्ने बताए ।
जसपाका जिल्ला अध्यक्ष प्रेम भुजेलले कम्तिमा ५ वडाध्यक्ष, हरेक वडामा कम्तिमा एक वडा सदस्य, जिसस र कार्यपालिका सदस्यमा समेत सम्माजनक सीट बाँडफाड गर्नुपर्ने माग राखे । उनका अनुसार भरतपुरको १, २, ११, १६ र माडी ३ मा वडाध्यक्ष जसपाले पाउनुपर्ने जिल्लास्तरीय सत्तागठबन्धनसँग माग राखिएको बताए ।
यस्तो छ जसपाबाट भरतपुर महानगरको प्रस्तावित वडाध्यक्षहरुको नामावलीः



























