Breaking News

पालिका उम्मेदवार चयनका लागि के गर्दैछ चितवन एमाले

Banner

चितवन,बैशाख ८-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन पालिका नेतृत्व चयन गर्न व्यस्त बनेको छ । धेरै आकांक्षीलाई मिलाएरै नेतृत्व टुंग्याउन केन्द्रीय तथा जिल्ला नेताहरु पटक पटक छलफलमा बसेका छन् ।

केन्द्रीय नेताहरु देवी ज्ञवाली, पार्वती रावल, जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल लगायतका नेताहरु नेतृत्व चयन गर्न लागिपर्नुभएको छ । भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको प्रमुख पदको टुंगो लगाइसकेको एमालेले अन्य पालिकामा उम्मेदवार छनोट गर्न व्यस्त बनेको हो । स्थानीय तहको निर्वाचनमा एउटै पदमा ११ जनासम्मले आकांक्षा व्यक्त गरेका छन् ।

जिल्ला स्तरमा सहमति नजुटेका उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेर पठाइएको नेकपा एमाले चितवनका उपसचिव प्रकाश ढुंगानाले जानकारी दिनुभयो । ‘पालिका तहबाट आकांक्षी उम्मेदवारहरुको नाम धेरै नै आएको छ । आकांक्षीलाई राखेर मिल्ने जतिको नाम जिल्लामा नै टुंगो लगाउँछौँ,’ उहाँले भन्नुभयो, ‘नमिलेको अवस्थामा सबैको नाम प्रदेश कमिटीमा पठाउँछौँ ।’ सकभर जिल्लामा नै सहमति गर्ने प्रयास भएको उहाँले बताउनुभयो ।

नेकपा एमालेले अधिकांश वडाध्यक्षहरुको नाम टुंगो लगाइसकेको छ । तर, बाँकी रहेका वडाहरुको नाम छिट्टै टुंगो लगाउने उहाँले बताउनुभयो । तर, उम्मेदवार छनोट भएपछि नेकपा एमाले एकढिक्का भएर निर्वाचनमा होमिने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाको मेयर पदमा सर्वसहमति छनोट गरेको एमालेबाट उममेयरमा १० जनाले आकांक्षा व्यक्त गरेका छन् ।

भरतपुरको उपमेयर दाबी गर्नेमा यसअघि जिल्ला समन्वय समितिकी उपप्रमुखदेखि विद्यार्थी नेतासम्म रहेको ढुंगानाले बताउनुभयो । महानगरको उप–मेयरमा शारदा कुमाल, दिव्या आचार्य, शान्ति अधिकारी, सुनिता अधिकारी, मुना श्रेष्ठ, अञ्जना गौतम, गीता श्रेष्ठ, सीता पुन, निशा अधिकारी, विष्णुमाया भण्डारीले आकांक्षा व्यक्त गर्नुभएको छ । यसअघि एमालेले महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ । यस्तै एमालेले भरतपुर महानगरपालिकाका २० वटा वडामा वडाध्यक्षहरुको नाम पनि टुंगो लगाइसकेको छ ।
रत्ननगर नगरपालिकाबाट पनि ६ जनाले मेयरमा आकांक्षा व्यक्त गरेका छन् । नगर कमिटीबाट जिल्लामा आएको सिफारिसमा ईश्वरीप्रसाद अर्याल, डा. किशोरचन्द्र खनाल, चन्द्रकान्त न्यौपाने, प्रेमनाथ दुवाडी, राजाराम रेग्मी र विमला दवाडीको नाम रहेको छ । त्यस्तै रत्ननगरबाट उपमेयरमा ८ जनाको नाम जिल्लामा आएको ढुंगानाले बताउनुभयो । उपमेयरमा केशव आचार्य, गोविन्द भट्टराई, कृष्ण श्रेष्ठ, ज्वाला पुरी वन, प्रताव डल्लाकोटी, पार्वती न्यौपाने, बिम्बा कार्की र लक्ष्मी कोइरालाले दाबी गर्नुभएको छ ।

एमालेबाट खैरहनी नगरपालिकाको मेयर पदमा सबैभन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् । हालका मेयर लालमणि चौधरी सहित ११ जनाको नाम जिल्लामा आएको छ । खैरहनीमा एमालेबाट मेयर दाबी गर्नेमा कृष्णकुमार डल्लाकोटी, पूर्ण डल्लाकोटी, कमल पाठक, जगन्नाथ आचार्य, भरत राजभण्डारी, राजेन्द्र शिवाकोटी, स्वरुप सुँयाल, केशव कँडेल, कृष्णराज चौधरी र अरुण उप्रेती हुनुहुन्छ । उममेयरमा छ जनाले आकांक्षा व्यक्त गरेका छन् । मनकुमारी अधिकारी, शान्ता थपलिया अधिकारी, दामोदर खनाल, कविता उप्रेती, बबिता चौधरी, पून्यप्रभा अधिकारीले उपमेयरमा उठ्ने आकांक्षा व्यक्त गर्नुभएको छ ।

राप्ती नगरपालिकामा मेयरमा एमालेका पाँच जनाको नाम सिफारिस भएको छ । हालका उपमेयर इमानसिंह लामा, गोविन्द कँडेल, घनश्याम कँडेल, राजकुमार भट्ट र पुष्पा केसी कुँवरको नाम जिल्लामा आएको एमालेका उपसचिव ढुंगानाले जानकारी दिनुभयो । उपमेयरमा मेनुका पाठक, कल्पना लामा, कृष्णकुमारी रानाभाट, निलिमा गोम्बा, प्रतिभा पाण्डे, सुशीला कुमारी पौडेल सहित छ जनाको नाम सिफारिस भएको छ ।

कालिका नगरपालिकामा मेयर पदमा दाबी गर्नेको संख्या छ जना रहेको छ । यहाँबाट हालका मेयर खुमनारायण श्रेष्ठ, विनोद रेग्मी, टीका रिजाल, जयचन्द्र चौधरी, ध्रुव रायमाझी, केशव लामाले मेयरमा दाबी गर्नुभएको छ । उपमेयरमा ७ जनाको आकांक्षा देखिएको छ । हालकी उपमेयर कमला भट्टराई, विमला लामा, सरस्वती सापकोटा, आशामाया तामाङ, दुर्गा सुवेदी, अनिता शर्मा ढकाल, ज्योती सुनुवारले उपमेयरमा दाबी गर्नुभएको छ ।

माडी नगरपालिकामा एमालेका तीन जनाले मेयर पदमा दाबी गरेका छन् । हालकी उपमेयर ताराकुमारी काजी महतो, नारायण पौडेल, श्याम विष्टले मेयरमा दाबी गर्नुभएको छ । यसैगरी उपमेयरमा ७ जनाको नाम जिल्लामा सिफारिस भएको ढुंगानाले जानकारी दिनुभयो । उममेयरका लागि सिफारिस हुनेमा रेशमलाल आचार्य, कोपिला शिवाकोटी, सीता तिमिल्सिना, श्रीप्रसाद दवाडी, शिवहरि सुवेदी, मथुराबहादुर भण्डारी र कमल रामदाम रहनुभएको छ ।

एमालेले इच्छाकामना गाउँपालिकामा अध्यक्ष पद टुंगो लगाइसकेको छ । उपाध्यक्षमा भने ३ जनाको नाम सिफारिस भएको छ । जुना राजभण्डारी, माया सिलवाल र राधा कँडेलले उपाध्यक्षमा आकांक्षा पठाउनुभएको छ । नगर तथा गाउँपालिकाबाट भएका प्रमुख उपप्रमुखहरुको नाम जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाउने तयारी एमाले चितवनले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>